काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बैठक मंगलबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ।
बैठकमा इजरायलको जोखिमयुक्त क्षेत्रमा भएका नेपालीको उद्धारका विषयमा सरकारलाई दिने सुझावका विषयमा छलफल हुने संसदीय दलले जानकारी दिएको छ।
यस्तै हमास समूहको आक्रमणमा परी मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली तथा मृतकका आफन्तमा समवेदना व्यक्त गर्नेसमेत कार्यसूची छ।


