तेलअभिभ- शनिबार अकस्मात् प्यालेस्टाइनी इस्लामी समूह हमासले इजरायली भूमि गाजा क्षेत्रमा आक्रमण गरेपछि युद्ध जारी छ।
युद्धमा हालसम्म ९ सय जना मारिएको इजरायली पक्षकले बताएको छ भने प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले ७७० जना मारिएको जानकारी दिएको भन्दै बीबीसीमा समाचार प्रकाशित छ। उसले झन्डै ४ हजार १ सय जना घाइते भएको बताएको छ।
गाजा क्षेत्रबाट १५० देखि २०० सय जनासम्म इजरायली नागरिकलाई हमासले नियन्त्रणमा लिएको इजरायली पक्षको आकलन छ।
उता हमासले भने युद्ध नसकिएसम्म नियन्त्रणमा लिइएकाहरूलाई नछोडिने हामलेले बताएको छ।
इजरायली सेनाले हमासले नियन्त्रणमा लिएका मध्ये ५० जनाको परिवारसँग सम्पर्क भएको बताएको छ। उता हमासले भने आफूहरूमाथिको हवाइ आक्रमण नरोके नियन्त्रणमा लिइएकाहरूको हत्या गर्ने चेतावनी दिएको छ।
इजरायली सेनाले भने हमासविरुद्धको हवाइ आक्रमण जारी रहने बताएको छ। गतराति मात्र २ सय टारगेट प्वाइन्टमा हवाई हमला गरिएको उसले बताएको छ। सबै तस्बिरहरू समाचार एजेन्सी एएफपीबाट लिइएको हो।














