२०८३ कार्तिक ११ गते मङ्गलबार

अध्यक्षविरुद्ध फेसबुकमा भिडियो पोस्ट गरेपछि मोदी गाउँपालिकाले काट्यो तीनदिने चिठी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २४
1be38cec-8737-4bcb-95d1-5a640c066e43

काठमाडौं – फेसबुकमा लाइभ भिडियो पोस्ट गरेको विषयलाई लिएर पर्वतको मोदी गाउँपालिकाले एक सर्वसाधारणलाई चिठी काटेको छ।

मोदी गाउँपालिकाले दुई दिनअघि वडा नम्बर ५ सानोपाखाका दीपक मल्ललाई चिठी काटेको हो।

फेसबुकमा असोज २१ गते लाइभ भिडियो पोस्ट गरेको विषयमा सोधपुछका लागि भन्दै गाउँपालिकाले चिठी काटेको हो।

चिठी प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले काटेका छन्। चिठीमा मल्ललाई तीन दिनभित्र गाउँपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

मल्लले १४ मिनेट लामो फेसबुक लाइभ भिडियो पोस्ट गरेका थिए। त्यहाँ गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा र पालिकाका कर्मचारीविरूद्ध आक्रामक अभिव्यक्ति दिएका थिए।

पालिकामा भ्रष्टाचार मौलाएको, अनियमितता भएको, भोट हाल्ने कार्यकर्ताले मात्रै सुविधा तथा अनुदान पाउने गरेको भन्दै मल्लले कारबाही गर्ने चेतावनी दिएका थिए।

आफू भूतपूर्व सैनिक भएको र अब जनताहरू मिलेर त्यस्तो अनियमितता सहेर नबस्ने उनले चेतावनी दिएका थिए। भिडियोमा स्थानीय जनप्रतिनिधिलाई मोसो दल्ने, ठेगान लगाउने र आफू मर्न र मार्न तयार भएको अभिव्यक्ति भिडियोमा सुन्न सकिन्छ।

मल्लले विगत डेढ वर्षमा पालिकाभित्र देखाउनलायक कुन काम भए? भन्दै भिडियोमा जनतासामू ल्याउन चेतावनी दिएका छन्।

मोदी गाउँपालिकाले भने यस विषयमा धेरै प्रष्ट पार्न चाहेन। गाउँपालिका फेसबुकको भिडियोबारे कानुनी प्रक्रियामा गएको देखिन्न।

अध्यक्ष शर्माले आफू ‘मिटिङ’मा भएको भन्दै उक्त प्रसंगबारे बोल्न चाहिनन्। प्रशासकीय अधिकृत गौतमसँग सम्पर्क हुन सकेको छैन।

सूचना अधिकृत प्रविन पोखरेलले अध्यक्षको आग्रहमा मल्ललाई चिठी काटिएको बताए।

‘उहाँले दिएका अभिव्यक्तिबारे के हो कुरा उहाँसँगै बुझौं भन्ने मनसायले चिठी काटिएको हो,’ उनले भने, ‘बोलाउनुको उद्देश्य नकारात्मक मात्रै हुँदैन, गाउँपालिकाका गतिविधिमा चित्त नबुझ्न सक्छ, त्यसैले पहिले उहाँसँगै बुझौं न भनेर चिठी लेखिएको हो।’

मोदी गाउँपालिकाका विषयमा मल्लले पहिलोपटक टिप्पणी गरेको उनले बताए। ‘यसअघि यस्तो कसैले नभनेको भएर पनि उहाँलाई नै चिठी काटिएको हो,’ उनले भने, ‘धाकधम्की दिइएका कुरामा कानुनी उपचारमा जानुअघि उहाँसँगै बुझ्ने खोजिएको हो।’

संविधानमा अभिव्यक्ति स्वतन्त्रताको हक छ। तर, त्यसका सीमा छन्। सामाजिक सञ्जालको प्रयोग गरी हिंसाजन्य अभिव्यक्ति दिन पाइँदैन। यस्तो प्रकरणमा प्रहरीले साइबर अपराध आकर्षित गरी कारबाही गर्न सक्छ।

तर, जनप्रतिनिधिले सोझै अभिव्यआक्ति दिनेहरूलाई निरुत्साहित गर्ने मनसायबाट चिठी भने काट्ने कदमको बेला-बखत चर्चा हुने गरेको छ। आफूले चुनेका व्यक्तिको आचरण, व्यवहार र गतिविधिमाथि प्रश्न गर्न पाउनु नागरिकको हक नै हुन आउँछ।

गाउँपालिकाले काटेको पत्र

प्रकाशित: २०८० असोज २४ गते बुधबार ०२:०८
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना