२०८३ कार्तिक १५ गते शनिवार

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीबाट छुट्टाछट्टै दाबी पेश

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
kedar_karki_RbbSXtgicn

काठमाडौं-  कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी पेश गरेका छन्।

कांग्रेसबाट कोइराला समूहका केदार कार्कीले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन् भने नेकपा माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन्।

कांगेसबाट दाबी पेश गरेका कार्कीलाई नेकपा एमालेको साथ छ।

बिहीबार बेलुका कार्कीले ४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख परशुराम कार्कीलाई बुझाए छन्।

उनले एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको हस्ताक्षर बुझाएका हुन्।

माओवादीबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका आङ्बोलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ। तर, यी सबै दल मिल्दा पनि आङ्बोलाई बहुमत पुग्दैन। बहुमत पुर्‍याउन राप्रपालाई समेत साथमा लिनुपर्ने हुन्छ।

यता कार्कीलाई एमालेले सहयोग गरेपछि बहुमत पुगेको छ। कोशी प्रदेशसभामा ९३ जना सांसद छन्। बहुमत पुर्‍याउन ४७ जना सांसदको समर्थन चाहिन्छ।

मुख्यमन्त्रीमा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि असन्तुष्ट बनेका कार्कीले एमालेसँग मिलेर हस्ताक्षर बुझाएका हुन्।

कांग्रेस, राप्रपा, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र माओवादी केन्द्र मिलेर कोशी प्रदेश सरकार गठन गर्न गठनबन्धले उम्मेदवार बनाइरहँदा कांग्रेसभित्रै विद्रोह देखिएको हो।

राप्रपाले भने समर्थन गर्ने नगर्ने विषयमा निर्णय लिइसकेको थिएन।

कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्न असोज २६ गते शुक्रबारसम्मको समय दिइएको छ।

गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री अघि सार्ने निर्णयको विपक्षमा नेपाली कांग्रेस शेखर कोइराला पक्षका सांसदहरू थिए।

नेकपा एमालेमा उपसभामुखसहित ४० जना सांसद छन्। एमालेले समर्थन गरेको अवस्थामा कार्कीको पक्षमा बहुमत पुगेको छ।

उपधारा ५ अन्तर्गत बन्ने सरकारमा जुनसुकै सांसद मुख्यमन्त्री बन्छन्। त्यस्तोमा पार्टीको ह्वीपसमेत नलाग्ने भएकाले सांसदहरूले स्वतन्त्र निर्णय लिन सक्छन्।

प्रकाशित: २०८० असोज २५ गते बिहिबार ०६:०२
प्रतिक्रिया

थप समाचार

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना