२०८३ कार्तिक १३ गते बिहिबार

एन्जिला र प्रिन्सलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २०
anjila

काठमाडौँ- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन्। एन्जिला र प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान एक–एक लाख नगद प्राप्त गरे।

यस्तै कराँतेकी चन्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिए। यस विधाका विजेताले जनही ५० हजार प्राप्त गरे।

सर्वोत्कृष्ट पारा एथलिट अवार्ड सुभेक्षा खतिवडा, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र एनएनआईपीए खेलकुद पत्रकार पुरस्कार कान्तिपुर दैनिक ध्रुव तुलाधरले प्राप्त गरे। पारा अवार्ड विजेताले १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले २५ हजार नगद प्राप्त गरेको आयोजकले जानकारी दिएको छ।

ठमेलस्थित एलफ्ट होटलमा आयोजित अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान समेत गरिएको थियो।

उत्कृष्ट खेलाडीको अवार्ड पाउनेमा आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङकी निष्मा श्रेष्ठ र फेन्सिङकी ओमकार सिंहले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे।

त्यस्तै फुटबलकी एन्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीकी कमला चन्द, जुडोका संजित डंगोल, कबड्डीका घनश्याम रोका मगर, करातेकी चन्चला दनुवार, र्‍याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङकी सुष्मिता नेपाल, स्कीकी संगिता लामा, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ, टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन, भलिबलकी सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह विष्ट, कुस्तीकी सुशिला चन्द र उसुकी सुष्मिता तामाङले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए।

प्रकाशित: २०७९ चैत २० गते सोमबार ०९:२०
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना