काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका छन । शुक्रबार ३ बजेपछि धुम्बाहीस्थित देउवाको निजी निवासमा बस्ने बैठकमा कोशी प्रदेशमा सरकार गठनको विषयमा छलफल हुनेछ ।
सभापति देउवाले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।


