२०८३ कार्तिक १२ गते बुधबार

चार्ल्स शोभराज र ‘गोरे’पछि तीनकुनेमा चार जनाको हत्या गर्ने सञ्जय भण्डारी पुगे गोलघरमा

 |  खिलानाथ ढकाल
Sanket

खिलानाथ ढकाल

काठमाडौँ, असोज २६
tinkune

काठमाडौँ- काठमाडौं तीनकुनेमा चार जनाको हत्या गरेको अभियोग लागेका सिन्धुपाल्चोकका २३ वर्षीय सञ्जय भण्डारीलाई सिधै सुन्धारास्थित कारागारको गोलघरमा चलान गरिएको छ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार कारागार चलान गर्ने आदेश दिएसँगै भण्डारीलाई कारागारको गोलघरमा राखिएको हो।

गोलघर जेलको पनि जेल मानिन्छ। भण्डारीलाई जिल्ला अदालतमा आजीवन कारागारको सजाय माग गरी बिहीबार सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले शक्रबार कारागार चलान गर्ने आदेश दिएको थियो।

गोलघर जघन्य अपराधमा कारागार चलान गरिएका अपराधीहरूलाई राखिने ठाउँ हो।

सुन्धारा कारागारका जेलर ललितकुमार बस्नेतका अनुसार गोलघरमा अति संवेदनशील अपराधमा संलग्न अपराधीहरूलाई मात्रै राखिन्छ।

‘सुरक्षा खतरा हुने, अरूलाई आक्रमण गर्न सक्ने, भाग्न सक्ने भएकाले यस्ता जघन्य अपराधमा जेल चलान भएकालाई गोलघरमा राखिन्छ,’ उनले भने, ‘त्यो कारागाभित्रकै एउटा युनिट हो, जेलको पनि जेल हो।’

जघन्य अपराधमा संलग्न रहेकाहरूले जेलभित्रै अपराध गर्न सक्ने, उनीहरूलाई अन्य अपराधीबाट आक्रमण हुनसक्ने, अरूलाई आक्रमण गर्न सक्ने र जेलभित्रको अमनचयनमा खलल पुर्‍याउन सक्ने भएकाले उनीहरूलाई गोलघरमा राखिने चलन रहेको बस्नेतले बताए।

भण्डारीले तीनकुनेको दिव्य काठ मिलभित्र भण्डारीले गत भदौ २९ गते राति चार जनाको हत्या गरेका थिए।

तीनकुने हत्याबारे जानकरी दिन काठमाडौँ प्रहरीले आयोजना गरेको पत्रकार सम्मलेन।

कारगार ऐन २०५९ को दफा १८ अनुसार जघन्य अपराधमा संलग्नलाई गोलघरमा राखिने गरिएको छ।

यसमा अपराध गर्ने व्यक्तिको विशिष्ट किसिम छुट्याइन्छ। त्यसलाई विशेष सुरक्षा कक्ष पनि मान्ने गरिएको छ। विशेष अवस्थामा मात्रै अपराधीहरूलाई गोलघरमा राखिने गरिन्छ।

गोलघरमा भण्डारीसहित अहिले पाँच जना अपराधी छन्। यसअघि गोलघरमा अन्तरदेशीय अपराधमा संलग्न चार्ल्स शोभराजलाई राखिएको थियो।

यस्तै, साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा जेल चलान भएका मोरङ उर्लाबारीका चूडामणि उप्रेती ‘गोरे’लाई गोलघरमा राखिएको थियो।

अपराधीहरू सामान्य जीवनमा फर्केपछि गोलघरबाट सारिने गरिएको छ।

शोभराज छुटिसकेका छन् भने ‘गोरे’लाई सामान्य अवस्थामा फर्केपछि गोलघरबाट सारिएको बस्नेतले बताए।

भण्डारीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) अनुसारको माग दाबी लिई मुद्दा दायर गरिएको थियो।

उक्त दफामा क्रुर यातना वा पासबिक ढंगले हत्या गरेको कसुरमा आजीवन काराबास हुने उल्लेख छ। भण्डारीलाई सोहीबमोजिम आजीवन कैद माग गरी मुद्दा दायर गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंले भण्डारीविरूद्ध जन्मकैदको मागसहित सरकारी वकिल कार्यालयमा मंगलबार रायसहितको प्रतिवेदन बुझाएको थियो।

तर, सरकारी वकिल कार्यालयले उनीसँग आजीवन काराबासको माग दाबी लिएको थियो।

गत भदौ २९ गते मिलभित्र चार जनाको खुकुरी प्रहार गरी हत्या गरेको आरोप भण्डारीमाथि लागेको थियो।

भण्डारी बोल्न सक्दैनन्। तर, उनले अन्य केही ठाउँ पनि हत्या गरेको भन्दै प्रहरीलाई हैरान पारेका थिए। तर, त्यसबारे तथ्यहरू खुलेको छैन।

हत्याको दुई दिनपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको थियो। मिलभित्र छिरेका भण्डारीले नवीन भनिने विशाल राईसहित चार जनाको हत्या गरेका थिए।

भण्डारी बाह्रबिसे नगरपालिका-९ का का हुन्। २३ वर्षीय भण्डारी भदौ ३१ गते बाह्रबिसे जाने क्रममा पक्राउ परेका थिए।

मोरङ बेलबारीका नवीन भनिने विशाल राईले चलाएको मोटरसाइकलले भण्डारीलाई चाबहिलमा ठक्कर दिएको थियो।

त्यसबेला राईले भण्डारीलाई कुटपिटसमेत गरेका थिए। त्यसैको रिसिइबी साँध्न भण्डारी काठमिलमा राईलाई खोज्दै पुगेको अनुसन्धानले देखाएको छ।

सुरूमा राई बस्ने ठाउँ खोज्दै भण्डारी काठ मिलमा पुगेको देखिएको थियो। ‘भेट्छु, निहुँ खोजे छप्काइदिन्छु’ भनी दिदी-भिनाजुको बसेको काँडाघारीस्थित डेराबाट उनी खुकुरी लिएर निस्केका थिए।

मिलको पछाडिपट्टीको बन्द गेटबाट माथि चढेर उनी मिलभित्र छिरेका थिए।

‘उनी भित्र छिरेर सोफामा बसे,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले भने, ‘किन बसेको भन्दै विशालले कुटपिट गरेपछि रिस थाम्न नसकेर टाउकोमा खुकुरी प्रहार गरी हत्या गरे।’

विशालमाथि सुरूमा टाउकोमा भण्डारीले खुकुरी प्रहार गरेका थिए। मृत्यु नहुञ्जेल उनले राईमाथि  खुकुरी बर्साउँदै गए।

राईको मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्ने क्रममा बुढीआमा शुभद्रा भुजेलले देखिन्। भण्डारीले उनलाई पनि टाउकोमा नै खुकुरी प्रहार गरे।

हत्यामा प्रयोग भएको खुकुरी।

त्यसपछि पूर्णबहादुर भुजेल (कुमार)ले देखे। उनलाई पनि प्रहार गरे। क्रमश: उनकी श्रीमती अम्बिकाले देखिन्। उनलाई पनि टाउकोमा नै प्रहार गरे।

त्यसपछि भण्डारीले पूर्णबहादुरको लाशलाई छिसार्दै टहराको कुनामा रहेको ट्वाइलेटको ढोका छेउमा फाले। अम्बिकाको लाशलाई पानीको कल छेउमा लगेर फाले। शुभद्राको शव काठको गोदाम छेउमा लगेर फाले।

‘तत्काल उनले विशाललाई रिसिइबीको कारण हत्या गरेको भए पनि अन्य तीन जनालाई सो घटना बाहिर आउँछ भनी हत्या गरेको खुल्यो,’ ढुंगेलले भने।

चारै जनाको हत्यापछि मिलको मुख्य गेटमा ड्याङड्याङ आवाज आएको र बत्तीको लाइट देखिएपछि पछाडिपट्टीको गेटबाटै हामफालेर कोटेश्वर चोक हुँदै काँडाघारी वीरेन्द्र चोकमा पुगेर दिदी-भिनाजुको कोठामा गएर सुतेको पाइएको थियो।

भोलिपल्ट शनिबार बिहान उठेर उनी आफू पढेको नक्सालस्थित स्कुलमा गएर साथीभाइ भेटी घर आएर सुतेका थिए।

आइतबार बिहान उठेर खान खाएपछि सिन्धुपाल्चोक घर जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनको झोलामा हत्या गर्दा प्रयोग गरेको खुकुरी बरामद भएको थियो।

उनले प्रहरीले पक्राउ गरेपछि ‘आई किल्ड फोर पिपल’ लेखेका थिए। भण्डारीले सांकेतिक भाषामा कक्षा १२ पास गरेको बताएका थिए। अनुसन्धान प्रतिवेदन लेख्ने क्रममा भण्डारीमाथि दोभाषे विज्ञ प्रयोग गरी प्रहरीले अनुसन्धान गरेको थियो।

त्यसक्रममा उनले यी चार जनाबाहेक अन्य ६ जनाको हत्या गरिसकेको बयान दिए। ती ६ जना को-को थिए भनी प्रहरीले भण्डारीमाथि अनुसन्धान गर्‍यो। तर, उनले अन्य हत्याको विवरण स्पष्ट खुलाउन सकेनन्।

त्यसपछि प्रहरीले उनको मानसिक सन्तुलनबारे पनि अनुसन्धान गर्‍यो। ‘ब्रेन म्यापिङ’ गर्दा उनको मानसिक अवस्था सामान्य पाइएको थियो। नेपालमै पहिलोपटक प्रहरीले जघन्य अपराधमा संलग्न भण्डारीको ‘ब्रेन म्यापिङ’ गरेको थियो।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार गोलघर भनेको जेलभित्रको पनि जेल हो। त्यहाँ खासगरी नम्बर तीन किसिमका अपराधीलाई राख्ने गरिन्छ।

पहिलो, यस्ता व्यक्ति आफैंलाई असुरक्षा हुने भय हुने भएकाले उनीहरूलाई विशिष्ट किसिमको सुरक्षा घेराभित्र राख्नुपर्ने हुन्छ।

दोस्रो, जेलभित्रको जुन सुरक्षा व्यवस्था छ, त्यसलाई दुरुपयोग गरी अन्य अपराध गर्न सक्ने सम्भावना हुन्छ। यस्ता व्यक्तिलाई भरसक अन्य अपराधीजस्तो टेलिफोनमा बाहिरी संवादबाट टाढा नै राखिन्छ।

तेस्रो, जेलभित्रबाटै बाहिरका आपराधिक समूह सञ्चालन गर्न सक्ने सम्भावना भएकाले उनीहरूलाई विशिष्ट किसिमले राखिने ठाउँ गोलघर हो।

‘पञ्चायतकालमा राजनीतिक नेताहरूलाई गोलघरमा राखिन्थ्यो, उनीहरू बाहिरी दुनियाँमा संवादबाट टाढै रहुन् भनेर,’ मल्लले भने, ‘गोलघरमा राखिनुको मुख्य उद्देश्य भनेको बाहिरी सम्पर्कमा नरहुन्,जेलभित्रबाट आपराधिक गतिविधि गर्न नसकुन् र जेलभित्रको सुरक्षामा खलल नपुर्‍याउन् भनेर नै हो।’

प्रकाशित: २०८० असोज २६ गते शुक्रबार ०९:५४
Sanket

खिलानाथ ढकाल

ढकाल सुशासन र अपराध क्षेत्रमा कलम चलाउँछन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना