२०८३ कार्तिक १५ गते शनिवार

डा आरजुको प्रश्न- सामाजिक सञ्जालमा काङ्ग्रेस जिरोमा गइसकेको छ, के हामी जिरोको पार्टी हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २८
arju

काठमाडौँ- नेपाली काङ्ग्रेसका नेतृ आरजु देउवा राणाले, नेपाली कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको तर्क गरेकी छिन्।

अछाम काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले, स्थानीय तहदेखि केन्द्रसम्म सरकारमा रहेको कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको बताइन्।

‘सातै प्रदेशमा, केन्द्रमा, ७७३ नगरपालिका, गाँउपालिका अधिकांशमा हामी छौँ। भनेपछि हामी शक्ति भएको स्थानमा छौँ कि हामी कमजोरमा छौ? हामीले आफूलाई चिन्नु पर्छ,’ उनले भनिन्, ‘हाम्रो पार्टीका अग्रज नेताहरुले गर्नु भएको काम जनताको अगाडि प्रष्ट भएकै कारणले नेपाली जनताले हामीलाई हरेक पटक चुनावमा जिताएको छ।’

सामाजिक सञ्जालमा पार्टीको उपस्थिति कमजोर भएको प्रति असन्तुष्टि पोख्दै उनले सकरात्मक सोचेर पार्टीको पक्षमा खरो उत्रिन आग्रह गरिन्।

‘सामाजिक सञ्जालतिर हेर्ने हो भने नेपाली काङ्ग्रेस जिरोमा गईसकेको छ के हामी जिरोको पार्टी हो?’ उनले भनिन् ‘सकारात्मक सोच राख्नु पर्छ हाम्रो जीवन पनि सकारात्मक हुन्छ। राम्रो सोचौं, राम्रो गरौं र राम्रैतिर उन्मुख हुनुपर्छ। पार्टीको कुरामा पनि हाम्रो नेताहरुले धेरै ठूलो मूल्य चुकाएर यो देशलाई यहाँसम्म ल्याएको छ। हरेक कालखण्डमा पार्टीले आफूलाई सावित गर्दै आएको छ। संविधान पनि नेपाली काङ्ग्रेसले नै ल्याएको हो। पार्टीलाई संगठित गर्दै जानुपर्छ।’

आन्तरिक द्वन्द्व व्यवस्थापन गर्दै अघि बढ्नु पर्नेमा जोड दिएकी उनले सकरात्मक बन्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरिन्।

‘ हामीभित्र भएका नकारात्मक शक्तिहरुलाई कसरी हटाउँने सकारात्मक उर्जा, राम्रो दृष्टि र दैविक गुणहरुलाई बाहिर ल्याउँने समय विजय दशमीले हामीलाई दिएको छ। यो दशैमा आफूभित्र भएको सकारात्मक शक्तिलाई बाहिर ल्याउँन र मनमा भएको रिस, घृणालाई हटाउँन आग्रह गर्छु,’ उनले भनिन्।

प्रकाशित: २०८० असोज २८ गते आईतबार ०९:५८
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना