काठमाडौँ- काठमाडौँको हनुमान ढोकास्थित दसैँघरमा जमरा राखिएको छ। नवरात्री आरम्भको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको हो।
बडादसैँको पहिलो दिन घटस्थापना गरी दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ। आजदेखि नवमीसम्म घटस्थापनास्थलमा पूजाआजा गरिन्छ। विजयादशमीमा देवीविसर्जन गरी दसैँको टीकाप्रसाद ग्रहण गरिन्छ।
दशैँभर हरेक दिन प्रमुख शक्तिपीठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाँडादेवी, कालीमाई, दन्तकाली, पाथीभरालगायतका शक्तिपीठमा समेत दुर्गा भवानीको पूजाआजा गरिन्छ।














