विराटनगर- कोशी प्रदेश मन्त्रीमण्डल तीन सदस्यीय बनेको छ।
मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ ग्रहण गरेलगत्तै दुईजना मन्त्री सिफारिस गरेका थिए।
उनको सिफारिसमा एमालेका रामबहादुर राना र कांग्रेका शमशेर राई मन्त्री नियुक्त भएका हुन्।
नवनियुक्त मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन्।
कांग्रेसका ‘विद्रोही’ ८ र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
अन्य मन्त्रीहरु थप्ने विषयमा एमालेसँग छलफल गरी टुंगो लगाइने भएको छ।
थपिने मन्त्रीहरुमा कार्कीलाई समर्थन गर्ने कांग्रेस सांसदहरु तथा एमालेका सांसदहरुमध्येबाट हुने जनाइएको छ।
मुख्यमन्त्री बनेपछि ओलीलाई भेटे कार्कीले, ओलीले दिए शुभकामना


