काठमाडौँ- सोमबारदेखि नयाँ नेपाली नोट साट्न पाइने भएपछि बैंकका शाखामा भिड लागेको छ।
दसैँअघि राष्ट्र बैंकले पुरानो नोट लिएर वा अनलाइनमार्फत् भुक्तानी लिएर नयाँ नोट वितरण गर्दै आएको छ।
नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको हो।
काठमाडौँ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैंकका शाखा कार्यालयमा गई नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ।
५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैकले जनाएको छ।
एक जनाले यी सबै दरका नोट सय-सय साट्न पाउनेछन्। यसरी १८ हजार ५ सय रुपैयाँसम्म लिन पाइने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंक बालुवाटारमा नयाँ नोट साट्न पुग्नेको लाइन छ।















