काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अर्को चुनाव आउन चार वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको बताएका छन्। प्रेस युनियनले विहिबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले तल वडादेखि माथिसम्म सरकारै सरकारमा बसेको कांग्रेसमा निराशा रहेको बताएका हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन्। ‘जसलाई भेटे पनि बर्बाद छ, बर्बाद छ । के बर्बाद छ भन्दा ०८४ मा त हारिन्छ भन्ने,’ उनले भने, ‘यस्तो किन भइरहेको छ? सरकारमा जाने र बस्ने कुरा किन यति महत्वपूर्ण भइरहेको छ?’ बारेमा पार्टीमा सघन छलफल गर्नुपर्छ।’
उनले २०८४ सालको चुनावमा गठबन्धन गरे पार्टी एक नरहने बताए। ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं,’ उनले भने, ‘कसैले कल्पनै नगरे हुन्छ। गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ।’


