२०८३ कार्तिक १५ गते शनिवार

कोशी किचलोबारे छलफल गर्न उपसभापति र महामन्त्रीसँग छलफल गर्दै देउवा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
deuba1

काठमाडौं– कोशी प्रदेशको सत्ता राजनीतिले कांग्रेसको आन्तरिक राजनीतिमा देखा परेको किचलोबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीसँग छलफल गर्ने भएका छन्।

देउवाले कोशी प्रदेशका बारेमा छलफल गर्न निजी निवास धुम्बराहीमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङलाई बोलाएका छन्। तर, गुरुङ भने इन्डोनेसियामा रहेकाले छलफलमा उपस्थित हुने छैनन्।

देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका हुन्।

कांग्रेसमा विद्रोह गरी एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेका छन्। कार्की नेता डा शेखर कोइराला निकट हुन्।

शनिवार मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमाले र कांग्रेसका एक/एक जनालाई मन्त्री बनाएका छन्।

वर्तमान सत्ता गठबन्धनले कोशी प्रदेशमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

गठबन्धनको निर्णय विरुद्ध एमालेको सहयोगमा कार्की मुख्यमन्त्री नियुक्त भए।

कार्की मुख्यमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभापति देउवाले उनी नै गठबन्धनको मुख्यमन्त्री हुने बताएका थिए। तर कार्कीले सरकारमा एमालेलाई सहभागी गराएका छन्।

यस्तै विश्वासको मत लिने प्रयोजनका लागि बुधबार कोशी प्रदेशसभाको बैठक समेत डाकिएको छ। यस्तो अवस्थामा देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्न लागेका हुन्।

कार्की मुख्यमन्त्री बनेपछि संसदीय दलको नेताबाट उद्धव थापाले र उपनेताबाट हिमाल कार्कीले राजीनामा दिएका छन्।

यसअघि नेता शेखर कोइला, देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच गठबन्धन कायम राख्न चिर्कटो सहमति भएको थियो। तर उक्त सहमति तोड्दै कोशीमा कार्कीले एमालेका सांसदलाई पनि मन्त्री बनाएपछि कांग्रेसमा किचलो छ। सत्तागठबन्धन कमजोर हुने भय प्रचण्ड र माधवकुमार नेपाललगायतलाई छ।

प्रकाशित: २०८० असोज २९ गते सोमबार ०२:४९
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना