२०८३ कार्तिक ११ गते मङ्गलबार

राष्ट्रपतिले उद्घाटन गरे एनआरएनए महाधिवेशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३०
nrna

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं विश्वसम्मेलन/महाधिवेशन उद्घाटन गरेका छन्।

काठमाडौँको सोल्टी होटलमा आयोजित विशेष समारोका बीच मंगलबार राष्ट्रपति पौडेलले महाधिवेशन पानसमा दियो बालेर उद्घाटन गरेका हुन्।

कार्यक्रममा परराष्ट्रमन्त्रीलगायत सरकारी अधिकारी एनआरएनए वर्तमान समितिका पदाधिकारी, आगामी कार्यसमितिका लागि चुनावमा मनोनयन गराएका उम्मेदवार र एनआरएनए प्रतिनिधि सहभागी थिए।

एघारौं गैरआवासीय नेपाली विश्वसम्मेलनको उदघाट्न गर्न पाउँदा आफूलाई खुसी लागेको राष्ट्रपतिको भनाइ थियो।

उनको सम्बोधन जस्ताको तस्तै
एघारौं गैरआवासीय नेपाली विश्वसम्मेलन उच्चस्तरीय आयोजक समितिका संयोजक समेत रहनुभएका माननीय परराष्ट्र मन्त्री, माननीय मन्त्रीहरू,

गैरआवासीय नेपाली संघका अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न मुलुकबाट आउनुभएका गैरआवासीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

उपस्थित महिला तथा सज्जन वृन्द ।

“नेपालीका लागि नेपाली” भन्ने मूल नारा तथा “ज्ञान र रुपान्तरणः समृद्धिको आधार” भन्ने विषयमा केन्द्रित भई आयोजना गरिएको एघारौं गैरआवासीय नेपाली विश्वसम्मेलनको उदघाट्न गर्न पाउँदा खुसी लागेको छ ।

मलाई आमन्त्रण गरेर आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु ।

नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली संघले विगतदेखि नै भूमिका खेल्दै आएको छ र आगामी दिनमासमेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्नेछ भन्ने मेरो विश्वास छ । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो ।

शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहनुहुन्छ भन्ने तपाईहरूको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको छ । यही आत्मीयताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको छ भन्ने पनि मलाई लाग्छ । यही पृष्ठभूमिमा आयोजित यो सम्मेलनमा तपाईहरूद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू हामी सबैका लागि सान्दर्भिक ठानेको छु ।

राजनीतिक परिवर्तन पश्चात देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । तर, संक्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु पनि देखा परेका छन् ।

यी चुनौतीको जराबारे मैले सँधै भन्ने गरेको कुरा तपाइँहरू समक्ष पनि उल्लेख गर्न चाहन्छुः “हामीले राज्यको प्रशासनिक पुनसंरचना त ग¥यौ, तर राज्यको चरित्र र जीवन पद्दतिको पुनःसंरचना अझै हुन बाँकी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शन छन् । जबसम्म ती मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई हामी आत्मसात गर्न सक्दैनौ तबसम्म ती चुनौतीहरूको सामना गर्न सक्दैनौ ।

म तपाइँहरूलाई नेपालको आर्थिक सम्भावना र तपाइँहरूको सहभागिता सम्बन्धमा केही भन्न चाहन्छु । हामी सबैलाई थाहै भएको कुरा हो कि एकातर्फ नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् ।

यसबीच नेपालको आन्तरिक उपभोगका साथै क्रयशक्ति समेत दिनानुदिन बढीरहेकै छ । यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित भएको छ । यसका लागि बुहपक्षीय साझेदारीता अत्यावश्यक तत्व हो । त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ । विगतमा तपाईहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र संगठित रूपमा गर्दै आउनुभएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको छ ।

यस अवसरमा म वैदेशिक रोजगारीको क्रममा विदेशमा रहनुभएका युवाहरूलाई पनि सम्झन चाहन्छु, जसको पसिनाले पठाएको विप्रेषण (आय)ले अहिले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ । भुक्तानी सन्तुलनलाई नेपालको पक्षमा राख्न तथा आन्तरिक आवश्यकता पुरा गर्न तपाइँहरूको आय निःसन्देह नै सहयोगी भएको छ ।

नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्नुहोस् र तपाईंहरू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न म तपार्इंहरूलाई आग्रह गर्न चाहन्छु । नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ । नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन । त्यसैले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ ।

दाजुभाई तथा दिदीबहिनीहरू,

तपाईंहरुप्रति नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाहरूको तर्जुमा गरेको छ । हालैको नागरिकता विधेयक त्यसमध्येको एक हो । नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट तपाईंहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ ।

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक हो । यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन । प्रकृति र संस्कृतिको यो अनुपम संगमलाई जोगाउँदै देश र जनताको हित प्रवद्र्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य हो ।

मेरा भनाईहरूलाई टुंग्याउने क्रममा तपाईहरुको दुई महत्वपूर्ण विषयहरूप्रति ध्यानाकर्षण गराउन चाहन्छु । पहिलो, नेपाल बाहिर रहेर जीवनयापन गर्दै गर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भुल्ने सम्भावना रहने हुँदा त्यसप्रति तपाईहरू सचेत हुनुपर्दछ । नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइरहनुहोला ।

दोस्रो, नेपालको प्राकृतिक सुन्दरता र दुर्लभ स्रोतहरूको सम्बन्धमा हो । नेपालमा विश्वप्रसिद्ध सगरमाथालगायत अग्ला र रमणीय पहाडहरु मात्रै छैनन्, एकातिर यहाँ दुर्लभ जैविक विविधता पाइन्छ भने अर्कोतर्फ हिउँले भरिएको पहाडहरू पिउने पानीको मुहानको रुपमा परिचित रहेका छन् । तर, दुर्भाग्यवस विश्वव्यापी जलवायु परिवर्तनको दुष्प्रभावले गर्दा हाम्रा मूल्यवान् प्राकृतिक स्रोतहरू संकटमा पर्न थालेका छन् ।

आजको हाम्रो चुनौती कसरी जैवीक विविधता पर्यावरणलाई सुरक्षित राख्न सकिन्छ भन्ने पनि हो । तसर्थ, यी क्षेत्रहरुमा पनि गैर आवासिय नेपालीले आफ्नो योगदान कसरी पु¥याउन सक्छ त्यो मेरो पनि चासोको विषय हो ।

साथै, नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रुपमा विकसित गर्ने एउटा योजनातर्फ पनि म तपाईहरुको ध्यान आकर्षित गर्न चाहन्छु ।

अन्त्यमा, “एघारौं गैरआवासीय नेपाली विश्वसम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले तपाईंहरूको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनेछ, नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेछ, नेपालको विकास र समृद्धिको बाटोमा तपाईहरूको रणनीतिक सझेदारीलाई थप स्पष्ट र विस्तारित गराउनेछ भन्ने विश्वास गर्दे यस विश्व सम्मेलनको उपलब्धीपूर्ण सफलताको कामना गर्दछु ।

जय नेपाल !

३० असोज २०८० (१७ अक्टोबर २०२३)

प्रकाशित: २०८० असोज ३० गते मङ्गलबार ११:५७
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना