काठमाडौं – काभ्रेको पनौतीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिकाकी २० वर्षीया रमिला बुढाथोकी रहेकी छिन्।
बुधबार बिहान ६:४५ बजे ०३-००१ ज ०२९८ नम्बरको विद्युतीय गाडीले बा६४प १७७२ मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापश्चात् उपचारका लागि बुढाथोकीलाई अस्पताल पुर्याइएकामा बिहान साढे ७ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ।
मोटरसाइकलमा सवार चालक रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन्।


