बेइजिङ– चीनको महत्वाकांक्षी कनेक्टिभिटी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)लाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गरेका छन्। बेइजिङमा उनीहरूले सम्मेलनलाई सम्बोधन गरेका हुन्।
पश्चिमाहरुका योजनालाई चुनौती दिँदै चिनियाँ राष्ट्रपति सीले महत्वाकांक्षी योजना बीआरआई अघि बढाएका हुन्। दुवै देशका राष्ट्रपतिहरूले दुईपक्षीय छलफललाई अघि बढाउने धारण व्यक्त गरेका छन्। यद्यपि पुटिनले सम्बोधन पछि गर्ने भनिएको पत्रकार सम्मेलन आयोजना गर्न बाँकी छ।
पुटिनले चीनको समर्थन गरेका थिए। उनले सीको प्रशंशा पनि गरेका थिए। बीआरआई सफल बनाउन सीको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंशा गरेका पुटिनले भनेका थिए, ‘हाम्रो चिनियाँ साथी (सी)ले गर्नुभयो।’
यी दुवै नेता थोरै कार्यक्रमहरूमा मात्र एकसाथ देखिने गर्छन्। तर पुटिनले चीनका गतिविधिमा सहयोगी भूमिका खेल्दै आएका छन्।
युक्रेन युद्धमा युद्ध अपराध गरेको आरोपमा पुटिन आईसीसीको वान्टेड सूचीमा छन्। त्यसयता उनी पश्चिमा देशमा गएका छैनन्। यसले उनलाई विश्व समुदायबाट एक्ल्याउने प्रयास भइरहेका बेला बेइजिङ आइपुगेका हुन्।
१० खर्ब डलरको बीआरआई परियोजनाले चीनलाई विश्व समुदायसँग अझ नजिक बनाउने अपेक्षा लिइएको छ।
बीआरआईमा १४५ भन्दा बढी देश/क्षेत्रले हस्ताक्षर गरिसकेका छन्। यी देश/क्षेत्रमा विश्वको तीन चौथाई जनसंख्या छ भने विश्वको आधाभन्दा बढी पुँजी पनि छ।


