काठमाडौं (एजेन्सी) – चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ।
बिहीबार हृदयघातका कारण उनको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
उनी सांघाईमा थिए। हृदयघात भएपछि अस्पताल पुर्याइएका उनलाई बचाउनको लागि अत्यन्त प्रयास गर्दा पनि नसकिएको बताइएको छ।
गत वर्षसम्म उनी सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति थिए।
शक्तिको आधार नहुँदा पनि लि पार्टीमा अग्रसर भइराख्ने व्यक्ति कहलिन्थे।
प्रख्यात पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका खछ्याङ आर्थिक नीतिमा व्यावहारिक विधि अपनाउनका लागि परिचित थिए। उनी एक अर्थशास्त्री थिए।
उनी गरिबका लागि काम गर्ने नेताका रूपमा परिचित थिए। जनतालाई किफायती आवास उपलब्ध गराउने र धनी-गरिबबीचको खाडल घटाउने नीति बनाउनमा उनको जोड थियो।


