काठमाडौं- बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन)विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ ।आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतका तर्फबाट कानुनमन्त्री धनराज गुरुङले उक्त विधेयक संसदमा पेश गरेका हुन् ।
संसदको अर्को बैठकमा विधेयकसम्वन्धी निर्णय हुने जनाइएको छ । प्रतिनिधि सभाको अर्को मंगलबार बस्नेगरी आजको बैठक स्थगित भएको छ ।


