काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने प्रयास भइरहेको बताएका थिए।
माओवादी जनसेना व्यवस्थापन गर्न संयुक्त राष्ट्रसंघले खेलेको भूमिकाका विषयमा पनि प्रचण्डले महासचिवसमक्ष प्रशंशा गरेका थिए।
नेपालको शान्ति, स्थायित्व र आपसी हितका विषयमासमेत कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटमा मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए। 










