२०८३ कार्तिक १२ गते बुधबार

इम्जामाथि किन चार फन्का घुमे गुटरेस?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १६
Imja_Lake_and_Glacier
तस्बिर : डेनियल अल्टन वायर्स

काठमाडौँ- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस जब सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमाथि पुगे, उनी चढेको सैनिक हेलिकोप्टरले एउटा विशाल तालमाथि चार फन्को लगायो।

अनि बल्ल हेलिकोप्टर आधार शिविरको हेलिप्याडमा उत्रियो,जहाँ सांस्कृतिक पहिरनसहित हिमाली शेर्पाहरु र जनप्रतिनिधि उनको स्वागत गर्न तम्तयार भएर लामबद्ध उभिएका थिए।

हेलिकोप्टरबाट उत्रिएपछि गुटरेसले वरिपरीका सेताम्मे हिमाल र पर्वतमालाको अवलोकन गरे, अनि बढे उनको स्वागत गर्न उभिएकातिर।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष एवं क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटिजका अध्यक्ष आङछिरिङ शेर्पा जातीय पहिरनमा गुटरेसको स्वागत गर्न अरुसँगै उभिएका थिए, जहाँ उनको औपचारिक प्रस्तुति पनि थियो।

गुटरेस फर्किए पनि उनले आफ्नो हात समाएर जलवायु परिवर्तनको नकारात्मक असर भोगिरहेको नेपाललाई न्याय दिलाउने गरटेरेसको आश्वासन सम्झिरहेका छन् आङ्गछिरिङ्ग शेर्पा।

‘इम्जा हिमताल नै थिएन’ आफू जवान हुँदा जुनबेला हिमाली पर्वतमालातिर फन्को लगाउने आङ्गछिरिङ्ग शेर्पा आश्चर्य मान्दै सुनाउँछन्, ‘हेर्दाहेर्दै त्यहाँ अलिअलि पानी जम्न थाल्यो र विस्तारै पोखरी बन्यो। अब त त्यहाँ विशाल ताल नै बनिसकेको छ।’

इम्जा हिमताल करिब ४ किलोमिटरको लम्बाई र १ किलोमिटरको चौडाई बनाएर फैलिईसकेको छ। कुनैबेला यो हिमताल फुट्छ भन्ने आशंका बढेपछि तल्लो तटिय क्षेत्रका बस्ती जोगाउन नेपाली सेनाले ३ दशमलव पाँच मिटर पानी घटाएको थियो। यसमा संयुक्त राष्ट्र संघले सहयोग गरेको सम्झन्छन् आङ्गछिरिङ्ग शेर्पा।

यही हिमतालको फन्को मारेर गुटरेस सगरमाथाको आधार शिविरमा ओर्लिएका थिए। उनलाई वडा अध्यक्ष लक्ष्मण अधिकारीले स्थानीय विषयमा जानकारी दिएका थिए भने शेर्पाले विस्तारमा विवरण सुनाएका थिए।

इम्जा हिमतालको उत्पतिदेखि आजको अवस्थासम्मको कथा सुनेर गुटरेस अचम्भित भएका थिए। यसैगरी हिमाली क्षेत्रमा विभिन्न परिवर्तनहरु देखा परेको उनलाई जानकारी दिईएको थियो। स्थानीय जनप्रतिनिधि र भुक्तभोगीको भनाई सुनेर उनी चकित परेका थिए।

गुटरेस त्यहाँ २ घण्टा विताएका थिए।

महासचिव गुटरेसको भ्रमणले स्थानीय सरकार र बासिन्दालाई धेरै आशावादी बनाएको छ। जलवायु संकटको असरले हिमाली क्षेत्र र हिमतालहरुको अवस्था कस्तो भैरहेको छ भन्ने कुरा प्रत्यक्ष देखेका महासचिवले नेपाल अन्यायमा परेको कुरा त आधार शिविरमै उभिएर संसारलाई प्रत्यक्ष सुनाएका थिए।

जलवायु परिवर्तन र संकट उत्पन्न गर्न कुनै भूमिका नै नरहेको नेपाल ठूला अद्योगिक राष्ट्रहरुका कारण पीडित भैरहेको कुरा संसारले अझ प्रष्टसँग थाहा पाएकाले अबका दिनमा यसमा नेपालले न्याय पाउने आशा उनीहरुले गरेका छन्।

अन्नपूर्ण आधार शिविर पनि पुगे गुटरेस। उनले त्यहाँ पनि उस्तै अवस्था सुन्न र देख्न पाए। जहाँ उनले स्थानीयसँग नेपाललाई न्याय दिलाउने वचन दिएर बुद्ध जन्मस्थल लुम्बिनी गएका थिए।

महासचिव गुटरेसको भ्रमणका क्रममा नेपालले जलवायु परिवर्तन र असरबारेमा आफ्नो धारणा प्रष्टसँग राख्न नसकेको विश्लेषक अरुण सुवेदीले बताएका छन्। नेपालले औपचारिक रुपमा विस्तारमा आफ्नो धारणा राख्न सकेको भए थप प्रभावकारी हुने उनको भनाई छ।

गएको शनिबार राती काठमाडौँ उत्रिएका महासचिव गुटरेस बुधबार अपरान्ह अमेरिका फर्किइसकेका छन्। उनले यहाँ रहँदा राष्ट्रपति, प्रधानमन्त्री सहित सबैजसो दलका नेतासँग भेट गरेका थिए। जलवायु परिवर्तन, संक्रमणकालिन न्याय र शान्ति प्रक्रिया लगायतका बिषयमा उनको चासो रहेको कुरा सार्वजनिक भैसकेको छ।

प्रकाशित: २०८० कार्तिक १६ गते बिहिबार १०:३५
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना