काठमाडौँ- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आपत्ति जनाएका छन्। गत सोमबार विश्व हिन्दू सम्मेलनमा ‘नेपालमा राजतन्त्र फर्कनुपर्छ, हिन्दु राज्य कायम हुनुपर्छ’ भनी आदित्यनाथले दिएको अभिव्यक्तिप्रति ‘विप्लव’ले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन्।
‘देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनैतिक स्वतन्त्रता र जनभावना माथि गरिएको ठाडो हस्तक्षेप हो यसको हामी घोर भत्सनी गछौँ,’ बुधबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।
नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने र धर्म मान्ने नमान्ने अधिकार पूर्णतः नेपाली जनतामा भएको उनको भनाइ छ। नेपालमा दलाल पूजीँवादी सत्ता र संसदीय व्यवस्था असफल भएको सत्य हो।
‘यो पनि नेपाली जनताको छनोटबाट स्थिापित नभइ नयाँ जनवाद वैज्ञानिक समाजवालाई रोक्नका लागि भारत, अमेरिका लगायतको निर्देशनमा लादिएको देश हो,’ विप्लवको विज्ञप्तिमा लेखेका छन्। भारतमा भएको सो सम्मेलनलाई विभिन्न पार्टीहरुले विरोध पनि गर्दै आइरहेका छन्।


