काठमाडौं- नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले, संसदमा उठेका कुराप्रति सरकार गैर जिम्मेवार बनेको विषयमा व्यङ्ग्य गर्दै शून्य समयमा नबोलेरै आफ्नो समय कटाएका छन्।
बिहिबारको प्रतिनिधि सभा बैठकमा, विगतमा संसदमा उठेका विषयहरुको सम्बोधन नभएको भन्दै नबोलेरै शून्य समय व्यतित गरेका हुन्।
सांसद गौतम नबोलेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ,’ भने।
तर, फेरि पनि सांसद गौतम बोलेनन्। शून्य समयमा एक मिनेट समय निर्धारण गर्ने अभ्यास छ।


