काठमाडौँ- सरकारले बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ।
कात्तिक १७ र १८ गते गरी दुई दिन यो अभियान चलाइएको हो।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई र जुकाको औषधि पनि खुवाउने काम भइरहेको छ।
सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत वर्षमा दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ।



















