२०८३ कार्तिक १५ गते शनिवार

कात्तिक २२ गते युरोप जाँदै राष्ट्रपति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
ramchandra_paudel
फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २२ युरोप जाने भएका छन्।

फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ‘पेरिस पिस फोरम’मा सहभागी भएर राष्ट्रपति सङ्घीय गणतन्त्र जर्मनी र इटलीको भ्रमणमा जाने कार्यक्रम छ।

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले राष्ट्रपतिको युरोपको भ्रमणको कार्यक्रम स्वीकृत गरेको छ। राष्ट्रपति पौडेल आगामी मङ्सिर १ गते स्वदेश फर्कनेछन्।

मन्त्रिपरिषद्ले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खडका नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरब इमिरेटस् (यूएइ)मा आयोजना हुने ‘दुबई एयर शो, २०२३ को १८औँ संस्करण’मा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई चीनको सङ्घाइमा हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन स्वीकृति दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डल ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’मा भाग लिन  यही कात्तिक २० देखि २१ गतेसम्म चीनको छाइछिङ भ्रमणको स्वीकृति प्रदान गरेको छ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी मङ्सिर २५ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको एटलाण्टामा आयोजना हुने भ्रष्टाचार निवारणसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन अनुमति दिएको छ।

मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यावसायिकरणलगायत विषयमा नेपाल सरकार र कोरियाबीच हुने समझदारीपत्र स्वीकृत गरेको छ भने सोही मन्त्रालयअन्र्तगत सञ्चालित परियोजनाका लागि दुई सय ६१ जना राजपत्राङ्कित अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

बैठकले नुवाकोट जिल्ला किस्पाङ गाउँपालिकामा रहेको चार रापनी जग्गा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ भने बडीकेदार गाँउपालिका डोटीको प्रशासकीय भवन तथा १० शय्याको अस्पताल निर्माणका लागि राष्ट्रिय वनको १३ दशमलव दुई रोपनी जग्गा २५ वर्षसम्म उपयोग गर्न स्वीकृति दिएको छ।

बैठकले सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधार निर्माण गर्न सङ्खुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा वडा नं ३, ४, ५ र ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको चार दशमलव २९०४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा उक्त वन क्षेत्रमा रहेका एक सय २४ वटा रुख कटाउन स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार मदन भण्डारी राजमार्गअन्र्तगत सुर्खेत जिल्लास्थित खम्बागाडे – पलौटे – विध्यापुर – गुटु – मायाताल सडकखण्डको स्तरउन्न्तीको लागि राष्ट्रिय वन क्षेत्रको १४ दशमलव ५९ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातिका एक हजार दुई सय ९२ रुख हटाइने भएको छ।

प्रकाशित: २०८० कार्तिक १७ गते शुक्रबार ०८:१६
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना