काठमाडौँ- मिटरब्याज पीडितले राजधानीको शान्तिवाटिकादेखि संसद् भवन नयाँबानेश्वरसम्म मार्चपास गरेका छन्।
चैत्र २० गते विभिन्न जिल्लाबाट काठमाडौँ आएका पीडितहरूले हिजो मंगलबार शान्तिवाटिकादेखि बालुवाटारसम्म मार्च गरेका थिए।
गत असोजमा सरकारसँग वार्ता गरी घर फर्केका उनीहरूले समस्याको समाधान नभएको भन्दै पुनः काठमाडौँ आएका हुन्।
केही हप्ता अघि महोत्तरीबाट १२ दिन पैदल हिँडेर मदेश र कोशी प्रदेशका १० जिल्लाका मिटरब्याज पीडितहरू काठमाडौँ आएका थिए। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चैत्र १८ गते भेटेर आफ्नो वास्तविकता सुनाएका छन्। उनीहरूसँग सरकारले आयोग गठन गरी काम अघि बढाउने प्रतिबद्धता गरेको छ।










