काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको निरीक्षणमा जाने भएका छन्।
शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार बिहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकरी दिए।
यसअघि राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए।
जाजरकोट भूकम्पका कारण देशको परिस्थिति अनुकुल नभएको भन्दै पौडेलले यूरोप भ्रमण स्थगित गरेका थिए।
राष्ट्रपति पौडेल २२ कात्तिकमा फ्रान्स जाने कार्यक्रम थियो। उनले जर्मनी र इटाली भ्रमण गर्ने तय भएको छ।


