काठमाडौँ- नेकपा (एमाले)ले पार्टीको जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने सीमा थप गरेको छ।
यसअघि माघभित्र सम्पन्न गर्न निर्देशन दिइएपछि चार महिना समयसीमा थप गरिएको हो।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले जिल्ला अधिवशेन सम्पन्न गर्नुपर्ने सीमा थप गर्ने निर्णय गरेको जानकारी उपमहासचिव प्रदीप ज्ञवाली दिए।
अब जेठ मसातसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनको भनाइ छ।
बैठकले मंसिर ६ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने निर्णय गरेको जानकारी दिए।
एमालेले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ।
आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।


