काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
राष्ट्रपति भवन शीतलनिवासमा विहिबार भएको सो शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितलगायतका विषयमा छलफल भएको थियो।
भेटमा राष्ट्रपति पौडेलले दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै भूकम्प प्रभावितका लागि चीनले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए।
सचिव जुनझेङले नेपालले विगतदेखि नै लिँदै आएको एक चीन नीतिप्रति आभार व्यक्त गरेका थिए।


