काठमाडौँ- सरकारले सचिव नारायणप्रसाद शर्मा दुवाडीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत रहेका शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलायमा सरुवा गरेको हो।
त्यस्तै सरकारले सहसचिव डा.हरिप्रसाद लम्साललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्रमुख सचिवका रुपमा कायम गरेको छ।
त्यस्तै बैठकले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड पनि संशोधन गर्ने निर्णय गरेको छ।
बिहीबारकै बैठकले नेपाल र कतारबीचको युवा तथा खेलकूदसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ।




