काठमाडौं- पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ९ मा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ स्थित एसमोडमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । जिपमा ७ जना सवार थिए ।


