काठमाडौँ- काठमाडौंका सडक छेउछाउ सयपत्री, मखमली र गोदावरी फूलले भरिएको छ।
लक्ष्मीपूजाका दिन काठमाडौँका चोकचोकमा फूल किनबेच गर्नेहरू छ्यापछ्याप्ती भटिन्छन्।
सयपत्री फूलका लामालामा मालाहरू बिक्री गर्नेहरू पनि उतिकै छन्।
राजधानीबाहिरबाट आएको फूल र माला बिक्री गर्ने चटारो व्यवसायीलाई छ।
लक्ष्मीपूजाका दिन नै फूलको कारोबार सबैभन्दा बढी हुने गरेको छ।

















