२०८३ कार्तिक २२ गते शनिवार

१३ बैंकले घटाए ब्याजदर, माछापुच्छ्रेले बढायो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १
machhapuchchhre

काठमाडौँ- वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।  कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै मंसिरबाट लागू हुने गरी नयाँ ब्याजदर प्रकाशित गरेका हुन्।

बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ।

कात्तिक महिनामा ९.९६ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मङ्सिर महिनामा ०.३३ प्रतिशत बिन्दु घटेर ९.६३ प्रतिशतमा झरेको छ।

त्यसै गरी संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.३०६ प्रतिशत बिन्दु घटेर ७.५४ प्रतिशतमा झरेको छ।

२० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका छन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क छ।

एनआइसी एसियाले कात्तिक महिनाका तुलनामा मङ्सिर महिनामा ब्याजदर २.०३ प्रतिशत बिन्दुले घटाएको छ। बैङ्कले मङ्सिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८.९६ प्रतिशत ब्याज दिने भएको छ।

एनआइसी एसियापछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबी बैङ्क लिमिटेड रहेको छ। एनएमबीले मङ्सिर महिनाका लागि ब्याजदर १.२४ प्रतिशतभन्दा घटाएर ९.७६ प्रतिशतमा झारेको छ।

६ वाणिज्य बैङ्कले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैङ्कले ब्याजदर बढाएको छ। कात्तिकमा व्यक्तिगततर्फको अधिकतम ब्याजदर ९.९९ प्रतिशत राखेको माछापुच्छ्रेले मंसिरका लागि १०.६०३ प्रतिशत पुर्‍याएको छ। यस्तै संस्थागततर्फ भने ७.४९ प्रतिशतबाट बढाएर मंसिरमा ८.६०३ प्रतिशत पुर्‍याएको बैंकले जानकारी दिएको छ।

कात्तिककै ब्याजदर यथावत् राख्नेमा सिटिजन्स बैंक इन्टरनेसनल, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंक छन्। ‘क’ वर्गका बाँकी १३ बैंकले केही न केही मात्रामा ब्याजदर घटाएकै छन्।

प्रकाशित: २०८० मङ्सिर १ गते शुक्रबार ०९:१८
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना