काठमाडौँ- नेपाली कांग्रेसको सहकारी विभागको प्रमुखमा देवेन्द्राराज कँडेल मनोनित भएका छन्।
पार्टीका सभापति शेरबहादुर देउवाले कँडेललाई सहकारी विभागको प्रमुखमा नियुक्त गरेको जानकारी कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सहकारी विभाग प्रमुखमा मनोनित भएका नवलपरासीका कँडेल पूर्वगृहराज्यमन्त्रीसमेत हुन्।
कांग्रेसको विधान अनुसार महाधिवेशन सकिएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ। कांग्रेसको महाधिवेशन सकिएको दुई वर्ष पूरा हुन लाग्दा पनि सभापति देउवाले विधानअनुसार ६ महिनामा सक्नपर्ने काम गरेका छैनन्।
सभापति देउवाले १५ भदौमा १५ विभागका प्रमुख तोकेका थिए। १५ विभागको प्रमुख तोकेपनि ती विभागमा सदस्यहरूले पूर्णता पाउन सकेका छैनन्।
प्रत्येक विभागमा प्रमुखसहित ५१ जनासम्मको समिति बनाउन सकिने विधानको व्यवस्था छ।



