२०८३ कार्तिक १५ गते शनिवार

सांसदले फ्लस पनि नगर्ने र प्याड पनि डस्टबिनमा नहाल्ने रहेछन् : उपसभामुख

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १
indira_rana_magar

काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरले सबैले सरसफाइबारे जनचेतना फैलाएर राम्रो संस्कार विकास गर्नुपर्ने धारणा राखेकी छन्।

विश्व शौचालय दिवसको अवसर पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा रानाले सबैले आफ्नो घर तथा अफिसबाटै सरसफाइको संस्कार विकास गरी स्वच्छता कायम राख्नुपर्ने धारणा राखेकी हुन्। उनले आफूले घरसँगै कार्यस्थल, त्यो पनि सिंहदरबार भित्रको शौचालय सफा गर्ने गरेको दाबी समेत गरिन्।

‘सिंहदरबार भित्रको मेरो अफिसको शौचालय सफाई गर्न म सफाई गर्ने दिदीलाई पर्खेर बस्दिनँ, आफैं सफा गर्छु,’ आफ्नो घरमा स्वच्छता कायम राख्न सबैलाई आग्रह गर्दै उनले भनिन्, ‘त्यो ट्वाइलेट धेरै पुरानो भएको हुनाले फोहोर हुन्छ, म सधैं गएर त्यसलाई घोट्छु। सफाई भन्ने कुराको सुरुवात आफूबाट हुनुपर्छ। जनचेतना फैलाएर हामीले राम्रो संस्कार विकास गर्नुपर्छ।’

उनले सरकारी कार्यालयका शौचालय निकै फोहोर हुने गरेको पनि उल्लेख गरिन्।

‘पार्लियामेन्ट सकिएपछि एकदिन म मर्यादापालक साथीहरुलाई लिएर संसद भवनभित्रको शौचालय हेर्न गएँ,’ उनले संघीय संसद भवनभित्र सांसदहरुले प्रयोग गर्ने ट्वाइलेटको अवस्थाबारे प्रस्ट्याउँदै भनिन्, ‘शौचालय प्रयोगपछि पुरुष माननीयज्यूहरुले फ्लससमेत नगर्ने रहेछन्। महिला माननीयज्यूले त प्याडको प्रयोगपछि डस्टनिमा समेत नहाल्ने गरेको पाएँ। मैले त्यो सन्दर्भमा मिटिङ नै कुरा राखेँ।’

रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताउँदै हरेक व्यक्तिले ठूला घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने धारणा राखिन्। उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने समेत बताइन्।

‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें। सबैले घर बनाउँदै जाने दुई/तीन जनाका लागि भने कहाँ बच्छ? सबै जंगल फाँड्छन्। खानलाई पनि पुग्दैन जस्तो लाग्छ,’ रानाले भनिन्।

भिडियो

प्रकाशित: २०८० मङ्सिर १ गते शुक्रबार ०५:११
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना