काठमाडौँ- काठमाडौँको गुहेश्वरी गौरीघाटमा छठपूजाको तयारी सुरू भएको छ। आइतबार मनाइने छठका लागि शुक्रबारदेखि नै तयारी थालिएको हो।
गौरीघाटमा पूजाका लागि ५५० ठाउँ तयार बनाइएको छठपूजा समितिले जानकारी दिएको छ।
करिब २० लाख बजेट खर्चेर मूर्ति, टेन्ट, स्थल, बत्ती, प्रसादलगायत सामग्री तयार पारिएको छ। रातको समयमा झकिझकाउ र आकर्षण देखिने गरी बत्ती जडान गरिएको छ।
छठपूजाका लागि वेदी (स्थान) पाउन लक्ष्मीपूजादेखि नै बुकिङ खुलेको थियो। वेदीका लागि १५०० रुपैयाँ तिर्नुपर्छ।
समितिका अध्यक्ष अनिलकुमार सिंह राजपुतका अनुसार गत वर्ष छठ पूजा गर्न ७ लाख मानिसहरू पुगेका थिए। यसवर्ष १० लाख मानिसहरू पूजा गर्न आउने अनुमान गरिएको छ।







