२०८३ कार्तिक १५ गते शनिवार

मध्यरातमा महिला लखेट्न युवासंघ नेता खटिएको पुष्टि भएपछि रक्षात्मक एमाले

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ६
Women

काठमाडौँ- महिलाहरुलाई बास बसेको स्थानबाट जबरजस्ती हटाउने कार्यको आलोचना भएपछि नेकपा एमाले रक्षात्मक देखिएको छ। एमालेका केन्द्रदेखि भातृसंगठन र तल्लो तलहसम्मका व्यक्तिले घुसपैठ भएको आरोप लगाएको छ। तर त्यसरी महिलालाई हटाउने युवा संघ सचिवालय सदस्य नै भएको प्रष्ट भइसकेको छ।

राष्ट्रिय युवा संघले मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यक्रम बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको दाबी गरेको छ। युवा संघको नाम लिँदै दुर्गा प्रसाईंको अभियानमा सहभागी हुन आएका महिलालाई राति भक्तपुरको एक गेस्ट हाउसबाट लखेटेको थियो।

सुतेकै ठाउँबाट बाहिर निकालेको भिडिओ सार्वजनिक भएपछि एमालेको तीव्र आलोचना भइरहेको छ। उता युवासंघले भने यो आरोपको खण्डन गरेको गर्‍यै छ। यद्यपि आलोचना मत्थर भएको छैन।

युवा संघ अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको जिकिर गरेका छन्। ‘मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ,’ विज्ञप्तिमा जिकिर छ, ‘घुसपैठबारे हामीले आन्तरिक रूपमा छानबिन गरिरहेको बेहोरा जानकारी गराउँछौँ। यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ।’

युवा संघका सचिवालय सदस्य विनोद राईको नेतृत्वमा लोकन्थलीस्थित इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरु माथि दुर्व्यवहार भएको पुष्टि भएको छ। राई माओवादी हुँदै एमालेमा आएका हुन्। उनको घर खोटाङ भएको बताइएको छ। उनै राईले यसअघि प्रसाईँलाई कालोमसोसमेत दलेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा महिलाहरुलाई लखेटेको भिडियोबारे टिप्पणी गर्दै आफ्ना कार्यकर्ताले त्यसो गर्न नसक्ने जिकिर गरे। बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले उक्त भिडियो बनाइएको जिकिर गरे।

‘युवा संघले यसो गर्‍यो भनेर एउटा भिडियो आएको देखियो। त्यो आफैं बोक्सी, आफैं झाँक्री जस्तो देखिन्छ। युवा संघको यस्तो क्रियाकलपा होइन। युवा संघका साथीहरुले हामी यसमा संलग्न छैनौं भनेका छन्,’ उनको दाबी छ। एमालेलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने प्रयास गरिएको हुनसक्ने बताए। एमालेलाई आरोपित गर्ने उक्त षड्यन्त्र स्वीकार नहुने पनि ओलीले बताए।

उता मोरङबाट काठमाडौँ आएको बताउने सिर्जना राईले बुधबार दुर्गा प्रसाईँले आयोजना गरेको पत्रकार सम्मेलनमा राईले एमालेको कार्यकर्ताहरूले गएराति १० बजेको समयमा लुगा पनि लगाउन नदिई बाहिर निकालेको आरोप लगाएकी छन्।

‘हामी एउटा महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ। ३०/३५ जनाको झुण्ड आयो। भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो’, उनले आक्रोश पोखिन्।

भिडियो

‘लघुवित्तले मार्न आँट्यो, यसै मरौँला, उसै मरौँला भनेर काठमाडौँ आएको’ भन्दै उनले काठमाडौँमा झन्डै इज्जत लुटिएको बताइन्।

पत्रकार सम्मेलनमा उनको भनाइ जस्ताको जस्तै:
मेरो नाम सिर्जन राई हो। मोरङबाट आएको हो माइक्रोफोन समातेर अहिलेसम्म बोलेको छैन। म सत्य मात्रै बोल्छु। छातीमा हात राखेर कसम खान्छु। लघुवित्त र सहकारीले गर्दा पीडित भएर निस्किएको हो। सत्य के हो, असत्य के हो ? कांग्रेस र एमालेलाई पनि भोट हाल्यौँ। रातभरि भोट माग्न हिँडेको मान्छे।

प्रचण्ड जस्तै जंगलजंगलमा हिँड्यौँ। आज हामी आफ्नै ठाउँमा दुःख, सुख भोग्दै गर्दा लघुवित्तले मार्न आँट्यो। दुर्गा दाइ नै सत्य रहेछ भनेर लायो। गरिबको लागि सत्य रहेको रहेछ। हामी बाच्न चाहन्छौँ। हामीले ऋण खाएको हो। हामीलाई गाँस बास र कपास दिने सरकारले हामीलाई नै रोडमा निकालेको छ। जसरी नि मर्ने नै हो भनेर काठमाडौैं आएको हामीलाई एमालेको झोलेहरूले राति १० बजेको बेला आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले। हामी एउटा महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ।

३०/३५ जनाको झुन्ड आयो। भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो। तर, तिनीहरूसँग भागेर जाँदैनौँ। नेपालका नारीको अस्तित्व कसले जोगाउने ? अस्मिता जोगाउन सडकमा निस्कियौँ। एउटा भाइले भन्यो, दिदी नमस्कार। उसले त्यो दिदिलाई कपडा त लगाउन देऊ भन्यो।

पाँच मिनेटमा निक्ली भनेर धम्की आएपछि सडकमा निस्कियौँ। प्रशासनलाई खबर गर्न सफल भयौँ। पछि प्रहरी आए। प्रहरीले होटेलमा पुर्‍याए। यो नेपालमा हामी महिलाको सुरक्षा रहेनछ भन्ने लाग्यौँ। हामी महिला जाग्यौँ भने यो देश हामी बनाउँछौँ। पद पाएर बसेको सरकारले हाम्रो शब्द सुनिदिनुपर्‍यो। त्यो गुन्डाहरूको होइन। हामी गरिबको शब्द सुनिदिनुपर्‍यो।

प्रकाशित: २०८० मङ्सिर ६ गते बुधबार ०४:५२
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना