काठमाडौँ- एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मसाल जुलुस निकालेका छन्।
दुर्गा प्रसाईंको अभिनाविरुद्ध खनिएको एमालेले ‘दुर्गा प्रसाईंलाई देखाइदिन’का लागि प्रदर्शनका विभिन्न कार्यक्रम गर्दै आएको छ।
प्रसाई नेतृत्वको अभियानले बिहीबार राजधानी केन्द्रित प्रदर्शन गर्ने भएको छ।
प्रसाईंलाई देखाइदिनका लागि एमालेले पनि प्रदर्शन कार्यक्रम प्रसाईंले गर्ने स्थानमा नै जुधाएको थियो। तर काठमाडौँ जिल्ला प्रशासनले एमालेको सभा तीनकुनेमा र दुर्गा प्रसाईंका लागि बल्खुमा स्थान निर्धारण गरिदिएको छ।
एमालेले मंगलबार मध्यरातमा प्रसाईंको अभियानका लागि आएका महिला बास बसिरहेको स्थानमा पुगेर लुगासमेत लगाउन नदिएरै लखेटेको थियो।
बुधबार साँझ रत्नराज्य क्याम्पस नजिकै एमालेले मसाल जुलुस निकालेको हो।












