धनकुटा- धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार धनकुटा नगरपालिका–१ निगालेका ३६ वर्षीय टीकाराम गुरुङ, उनकी ३६ वर्षीया श्रीमती भीमा र १० वर्षका छोरा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार टीकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको थियो।
घरमा विवाद भएपछि श्रीमान् टीकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए। छोरी र छिमेकीका अनुसार श्रीमान्–श्रीमतीबीच गए राति झगडा समेत भएको थियो।
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ। मृत्युको कारण खुलेको छैन। घाउचोट नदेखिएकोले मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुने प्रहरीले जानकारी दिएको छ।


