काठमाडौँ- दुर्गा प्रसाईं समूहको विरोध जुलुस बल्खुचोकबाट कालीमाटी छिर्न खोजेपछि झडप भएको छ। दुर्गा प्रसाईंले जुलुस अब शहर छिर्ने बताएपछि जुलुस कालीमाटीतर्फ छिर्न खोजेको थियो।
त्यसपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। अहिले स्थिति तनावग्रस्त बनेको छ।
यसअघि एमाले कार्यकर्ता र दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको थियो।


