काठमाडौँ- सर्वोच्च अदालतले रेशम चौधरीलाई आममाफी दिनुको कारण पेस गर्न आदेश दिएको छ।
कैलालीको टीकापुरमा एक जना बालकसहित ८ जनाको हत्या गरेको आरोपमा जन्मकैदको सजाय पाएका चौधरीलाई आममाफी दिनुको कारण पेस गर्न राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारणदेखाउ आदेश जारी गरेको हो।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश दिएको हो। शारदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते उक्त निवेदन दिएका थिए।
रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते छुटेका थिए। चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।


