काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा भूकम्पपीडितका अस्थायी आवास बनाउन खटिएको टोलीले सय घर बनाइसकेको बताएको छ।
पार्टीका प्रवक्ता मीन विश्वकर्माले जाजरकोट भूकम्प प्रभावित बस्तीमा १ सय अस्थायी आवास घर निर्माण गरिएको जानकारी दिएका हुन्।
प्रभावितका लागि १ हजार अस्थायी घर बनाउन सहजीकरण गर्नका लागि पौडेल नेतृत्वको टोली जाजरकोटमा खटेको छ।
नलगाड नगरपालिका वडा नंबर ०५ रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय अस्थायी घर निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रवक्ता विश्वकर्माले प्रेस नोटबाट जानकारी दिएका हुन्।
अभियानमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीलगायत स्थानीय नेता कार्यकर्ताले प्रदीपको टोलीलाई सहयोग गरिरहेको छ।



