काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले उनको घर वरीपरि घेरा हालेर नजरबन्दमा पारेको भन्दै त्यसको विरोधमा प्रदर्शनकारीहरुले सानोठिमी–सल्लाघारी सडक अवरुद्ध गरेका छन् ।
प्रसाईंको रिहाइको माग गर्दै प्रदर्शनकारीले त्यसक्षेत्रको मूख्य सडक नै अवरुद्ध गरेका छन् । राजबादी समर्थकहरुले प्रसाईंलाई नजरबन्दमा राखिएको प्रति प्रदर्शनकारी रुष्ट छन । उनीहरुले विभिन्न नाराबाजी गर्दै सडक अवरुद्ध पारिरहेका छन् ।






