काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
कतिपय देशले ऐतिहासिक कारणले राजतन्त्र स्वीकार गरेको हुन सक्ने तर त्यसबारे केही भन्नु नभएको बताए।
‘कठैबरि! नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र? त्यो त मूर्खता हो,’ नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्।’


