२०८३ कार्तिक १२ गते बुधबार

हमासले रिहा गर्‍यो २५ बन्धक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

तेलअबिब, मङ्सिर ८
rafah
इजिप्टतर्फ पर्ने गाजासँग सीमा जोडिएको रफाह बोर्डर। यही सीमाबाट हमासले बन्धक रिहा गरेको छ। तस्बिर : रोयटर्स लाइभबाट लिइएको स्क्रिनसट

तेलअबिब- इजरायली क्षेत्रमाथि अक्टोबर ७ मा आक्रमण गरी हमासले बन्धक बनाएकामध्ये २५ जनालाई रिहा गरेको छ। बिहीबार साँझको समयमा बन्धकलाई हमासले रिहा गरेको इजरायलले जानकारी दिएको छ।

बन्धक भएकामध्ये १२ जना थाई नागरिक छन् भने १३ जना इजरायली नागरिक छन्। १३ जना इजरायली नागरिकलाई इजिप्टसँगको सीमामा रेडक्रसलाई हस्तान्तरण गरिएको इजरायलले जानकारी दिएको छ। उनीहरू सबै स्वस्थ रह‍ेको इजरायलले जानकारी दिएको छ।

थाई नागरिकलाई पनि इजिप्टबाटै रिहा गरिएको हो। थाई प्रधानमन्त्री श्रेथा थाबिसिनले हमासले बन्दी बनाएका १२ जना आफ्ना नागरिकलाई रिहा भएको बताएका छन्।  ‘यो सुरक्षा पक्ष र परराष्ट्र मन्त्रालयले १२ थाई बन्धक रिहा भएको पुष्टि गरेका छन्,’ प्रधानमन्त्री श्रेथा थाबिसिनले एक्समा पोस्ट गरेका छन्।

थाई नागरिक भने हमास-इजरायलबीचको युद्धविराम सम्झौतामा उल्लेख गरिएको संख्या ५० मा समावेश नहुने इजरायलले बताएको छ।

कतारको मध्यस्थतामा हमास र इजरायलबीच युद्धविराम समझदारी भएको थियो। चार दिनसम्म युद्धविराम समझदारी भएको छ। इजरायलले भने जेलमा राखेका १५० जनालाई रिहा गर्ने सम्झौतामा उल्लेख छ।

अक्टोबर ७ मा हमासले इजरायली क्षेत्रमा आक्रमण गरी २४० जनालाई बन्धक बनाएको बताइएको छ। हमासको आक्रमणमा परी १२ सय जनाको मृत्यु भएको थियो। हमास आक्रमणमा १० नेपाली नागरिकको पनि मृत्यु भएको थियो भने कञ्चनपुरका विपीन जोशी बन्धक छन्। थाई बन्धककै समूहमा नेपालका विपीन जोशी पनि रहेको बताइएको थियो। हमासले दोस्रो चरणमा विपीनलाई रिहा गर्न सक्ने इजरायलस्थित नेपाली दूतावासले अपेक्षा गरेको छ।

कतारी परराष्ट्र मन्त्रालयका प्रवक्ता डा माजेद अन्सारीका अनुसार इजरायलले पनि ३९ जना प्यालेस्टाइनी कैदीलाई रिहा गरेको छ। इजरायल-हमास युद्धविराम सम्झौतामा कतारले मध्यस्थता गरेको छ।

इजरायलले गाजामाथि गरेको जवाफी आक्रमणमा परी हालसम्म १४ हजारभन्दा बढीको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्।

प्रकाशित: २०८० मङ्सिर ८ गते शुक्रबार ०९:४३
प्रतिक्रिया

थप समाचार

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना