काठमाडौँ- काठमाडौँको वसन्तपुरको काष्ठमण्डप अगाडि लैंगिक हिंसाविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गतको दोस्रो दिन आइतबार लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन गरिएको हो।
आभाफर क्रिएटिभिटीको संयोजनमा सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा वन क्षेत्रमा हुने लैङ्गिक हिंसाविरुद्ध नाटक प्रदर्शन गरिएको हो।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिएको छ।
नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि विसं २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको १६ दिने अभियान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो।
















