जाजरकोट – जाजरकोटमा चिसोका कारण एक महिनाकी सुत्केरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा नलगाड नगरपालिका-८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदारा रहेकी छिन्।
करिब एक महिनाकी सुत्केरी चदाराको आइतबार राति मृत्यु भएको नलगाड-८ का वडाध्यक्ष तेजबहादुर सिंहले बताए।
भूकम्पका कारण घर भत्किएर क्षतिग्रस्त भएपछि उनी त्रिपालमुनि बस्दै आएकी थिइन्। चदाराको चिसोकै कारण मृत्य भएको सिंहले बताए।
चदाराले छोरी जन्माएकी थिइन्। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो।


