काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरवार पुगेका छन्।
समसामयिक विषयमा छलफल गर्नका लागि ओली सिंहदरवार पुगेको ओलीको सचिवालयले बताएको छ।
दुई नेताबीच संक्रमणकालीन न्यायका लागि टीआरसी विधेयकका विषयमा छलफल हुने बताइएको थियो।
गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा पनि छलफलको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको थियो।
पछिल्लो समय भएका आन्दोलनहरू नेताहरूप्रति वितृष्णा भएपनि त्यसलाई व्यवस्थाप्रतिकै वितृष्णाका रूपमा अर्थ्याइएको टिप्पणी भइरहेका बेला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच भेट भएको हो।




