२०८३ कार्तिक २२ गते शनिवार

ग्लोबल आईएमई बैंकले बोनस दिने भएपछि मूल्य समायोजन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १२
gbime_bank

काठमाडौँ- ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस सेयर दिने भएपछि मूल्य समायोजन भएको छ। मंगलबारको अन्तिम कारोबार मूल्य २११ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको हो।

समायोजन पछि यसको मूल्य २०८ रुपैयाँ ९१ पैसा कायम भएको छ। सोही मूल्यलाई आधार मानेर अबका सेयर कारोबार हुनेछन्।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्तावित लाभांश पारित गर्न बैंकले मंसिर २८ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ। सोही प्रयोजनका लागि भोलि मंसिर १३ गते बुक क्लोज गर्दैछ।

मंगलबारसम्म कायम रहेका सेयरधनीले मात्र सभा भाग लिन पाउने छन् भने यो लाभांशको हकदार रहनेछन्।

प्रकाशित: २०८० मङ्सिर १२ गते मङ्गलबार ०९:३०
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना