२०८३ कार्तिक १२ गते बुधबार

उनीहरू र म [कविता]

 |  रमेश ज्ञवाली
Sanket

रमेश ज्ञवाली

काठमाडौँ, चैत २५
rameshgyawali

पहिले पहिले लाग्थ्यो, उनीहरू र म उस्तै त हो
आखिर, उनीहरू पनि २ छाक भातै खान्छन्
एउटा ओछ्यानमा एउटा सिरक ओडेर जिउ कुक्रुक्क पारेर सुत्छन्
पछि पछि पो थाहा लाग्यो
उनीहरू त भात हैन, भुजा खाइसिने रैछन्,
आफ्नै घरमा मास्टर बेडरुममा सुकला हुने रैछन्

जति जति ठूलो हुँदै गएँ, त्यति त्यति लाग्न थाल्यो,
उनीहरू र हामीहरूमा धेरै नै फरक रहेछ,
मैले चार कक्षामा पढेको ए-बी-सी-डी त
उनीहरूले नर्सरी-केजी के-के जातीमै सिक्दा रहेछन्

पछि पछि त आफू नि मास्टर साप भैयो,
लाग्थ्यो, आफूले सबैथोक जान्या छ
के को जान्नु!
आफू निमा फोटोकपी पढेर आएको
उनीहरू त गुगल, विकी र (आजकल त च्याट जेपीटी) सकेर आएका
यस्ता मास्टरको क्लास के लिनु भन्दा रहेछन्

आफूलाई लाग्ने, बाबुआमाले के नै पो गरे र?
यो गुल्मीभन्दा त बरु बुटवल वा काठमाडौँमा
यसो घर घडेरी जोड्द्या’भा हुने
उनीहरू ठान्दा रैछन्, हामीले कति दुख गरेम्
यी काइतेहरूलाई दुइ छाक जोड्न मेरा बाबै छ
छोराछोरीले ठान्ने, अरुका बाउआमाले कति राम्रा स्कुल कलेजमा पढाका छन्,
विदेश नि पठाका छन्, अनि पिजाबर्गर ख्वाएका छन्
आफूलाइ लाग्ने अरुले सर्खारीमा पढाए नि,
मैलै कम्सेकम बोर्डिङमा त पढाएको छु,
शनिबारमा एकै पाउ भएनि खसीको सिकार ख्याएको छु,
अनि कहिलेकाहीँ शान्दारको मम ल्याइदिएकै छु।

श्रीमती ठान्दी हो, धन्न म झुक्केर योसँग आएँ
नत्र कति राम्रो पोइ पाउँदी हुँ जिन्दगीमा
श्रीमानलाई लाग्दो हो धन्न मैलै यसलाई ल्याइदिएँ,
नत्र यो कुनै आवारासँग जाँदी हो

साउजीलाई लाग्ने, मैले कम्पनी चलाएको छु र पो
यी मुलाहरूले सौपचास पाएका छन्
अनि चलाएका छन् घर परिवार

कामदारलाइ लाग्ने, हामी छौं र पो उसको कम्पनी चलेको छ
र त्यत्रो गाडी चढेर आएको छ
नेताज्यूलाई लाग्ने हामीले जेल बसेर, संघर्ष गरेर त
तिमीहरू आज दुईचार शब्द बोल्ने भएका छौ
जनतालाई लाग्ने डाँकाहरू हामीले भोट दियौं त्यत्रो मस्ती गरेको छ,
ताल परे हामीलाई चिन्दैन साला
दाइहरू भन्दा हुन् म थिएँ र पो त्यो यो अवस्थामा छ,
नत्र त ‘भो कुरै नगरम्’
भाइहरू भन्दा हुन् फलानोको दाइले त भाइलाई कति गर्दिए,
खोइ आफ्नो त?
मित्रहरू भन्दा हुन्, खै अरुहरू त गाँस छोड्नु तर साथ नछोड्नु भन्छन् तर आफ्नो त…

त्यसैले,
उनीहरू र हामीमा फरक छ
तर त्यो फरक, शायद सोचमा मात्र!

प्रकाशित: २०७९ चैत २५ गते शनिवार ०९:१७
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना