काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन्।
प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिइएको हो।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा भाग लिन बुधबार साँझ संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरिसकेका छन्।



